प्रेमप्रसादले उठाएका २५ वटा माग सरकारले पूरा गरोस् : हाम्रो नेपाली पार्टी – Nepal Press

प्रेमप्रसादले उठाएका २५ वटा माग सरकारले पूरा गरोस् : हाम्रो नेपाली पार्टी

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले इलामका प्रेमप्रसाद आचार्यले संसद भवनअगाडि आत्मदाह गर्नुमा राज्यको दोष देखाएको छ ।

प्रवक्ता ई. डिल्लिश्वोर कार्की (रोहन) ले विज्ञप्ति निकाल्दै जनप्रतिनिधिदेखि प्रहरी, निजामती कर्मचारी, न्यायालय, नेता, बैन्कर र ठूला सीमित माफिया व्यापारीले गरेको लुट र ठगीले यो घटना भएको भन्दै आलोचना गरेका छन् ।

‘एक होनाहार युवा जो आफ्नै देशमा केही गरेर उद्यमी व्यवसायी बनेर गरिखान रातदिन दु:ख गरिरहेका थिए तर अफसोच उनले बाँच्नै मुस्किल हुने वातावरण अहिलेको सरकार र यसका अहिलेको निकायले गर्‍यो । उनलाई सरकारका हरेक निकाय र ठूला केही व्यवसायीहरूद्वारा चौतर्फी घेराबन्दी गरियो बाँच्ने आधार नै नभए झैं परिस्थिति बनाइयो अनि उनले आफूलाई आत्महत्या जस्तो दु:खद परिस्थितिको नजिक पुर्‍याए ।’

आचार्यका २५ बुँदे सुझावप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा ती माग पूरा गर्न सरकारसमक्ष माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर