कर्णाली : मन्त्रालय नपाउँदा अलमलमा राप्रपा – Nepal Press

कर्णाली : मन्त्रालय नपाउँदा अलमलमा राप्रपा

सुर्खेत । कर्णाली प्रदेशमा मङ्गलवार मन्त्रालयको भागबन्डाको टुङ्गो लागेको छ । सत्तारुढ दल नेकपा एमाले र माओवादीबीचको सहमतिमा मन्त्रालयको टुङ्गो लगाएको हो । तर मन्त्रालय नपाएपछि राप्रपा भने अलमलमा देखिएको छ ।

राप्रपाकी सांसद सन्तोषी शाहीले एउटा मन्त्रालय आफ्नाे पार्टीले पाउनुपर्ने माग राख्दै आएकी छन् ।

भागबण्डामा मन्त्रालय नपाएपछि उनले नेतृत्व सँग छलफल गर्न काठमाडाैं जाने बताइन् ।

यसअघि नेपाल प्रेससँग कुरा गर्दै शाहीले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बसेर कर्णालीमा राप्रपाले मन्त्री पाउनुपर्ने निर्णय भएको छ’, भनेकी थिइन् ।

प्रदेशमा मन्त्रालयको टुङ्गो लगाए पनि केन्द्रमा शीर्ष नेताहरु बसेर यस विषयमा छलफल भइरहेको उनले बताइन् । ‘केहि निष्कर्ष पक्कै पनि आउँछ होला’ उनले भनिन् ।

यस्तै, हिजो भागबन्डा लागेको मन्त्रालयमा नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय भागमा परेको छ ।

मन्त्री को बन्लान् ?

नेकपा एमालेका नेता टेकराज पछाई, शेरबहादुर बुढाको चर्चा छ भने नेकपा माओवादीबाट भिमप्रकाश शर्मा र उर्मिला विश्वकर्मा मन्त्री सम्भावना रहेको छ ।

बुधवार मन्त्रीहरूको छनोट प्रक्रिया सकेर शपथ पनि आजै हुने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर