मंगलवार रेकर्ड ब्रेक गरेको सुनको मूल्य बुधवार घट्यो – Nepal Press

मंगलवार रेकर्ड ब्रेक गरेको सुनको मूल्य बुधवार घट्यो

काठमाडौं । बुधवार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा झरेको छ । मंगलबार मात्रै सुनको मूल्यले नयाँ रिकर्ड कायम गरेको थियो ।

तेजाबी सुनको मूल्य भने १ लाख ५ हजार ७ सय रुपैयाँ कायम रहेको छ ।

त्यसै गरी चाँदीको कारोबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर