वागमती गठबन्धनमा मिल्यो भागबन्डा, कसलाई कति मन्त्रालय ? – Nepal Press

वागमती गठबन्धनमा मिल्यो भागबन्डा, कसलाई कति मन्त्रालय ?

हेटौंडा । वागमती प्रदेशको ११ मन्त्रालयमा सत्तारुढ गठबन्धनका तीन दलबीच भागबन्डा मिलेको छ ।

मंगलबार साँझ र बुधबार बिहानको बैठकले माओवादीलाई ४, एमालेलाई ४ र राप्रपालाई १ मन्त्री पाउने गरी निर्णय भएको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रेसलाई बताए ।

एमालेले मकवानपुरका एकालाल श्रेष्ठ, काठमाण्डौंका केशव पोखरेल तथा ललितपुरका रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । एकालाललाई श्रम, रोजगार तथा यातायात, रामेश्वरलाई स्वास्थ्य र  पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कटेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर