वागमती सरकार : एमालेले थप तीन मन्त्री टुंगो लगायो
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ माघ ११ गते १०:५८
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/bagmati-uml-new-mantri.jpg)
हेटौंडा । नेकपा एमालेले वागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंग्याएको छ ।
एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।
थप तीनजनामा मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठलाई पठाउने निर्णय भएको एमाले नेता एवम् पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रेसलाई बताए ।
मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन ।
१४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णयसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर