खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्न प्रहरीको निर्देशन, अटेर गरे कारबाही – Nepal Press

खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्न प्रहरीको निर्देशन, अटेर गरे कारबाही

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ ।

उपत्यकाका केही पम्पहरूबाट बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको सूचना पाइएको भन्दै यस्तो निर्देशन दिएको हो ।

अटेर गरी कसैले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कानुन अनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी पनि प्रहरीले दिएको छ ।

‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रूपमा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ’, प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर