एमालेले कुमार दशौंदीलाई बनायो राष्ट्रिय सभामा उम्मेदवार, कांग्रेसमा अन्योल – Nepal Press

एमालेले कुमार दशौंदीलाई बनायो राष्ट्रिय सभामा उम्मेदवार, कांग्रेसमा अन्योल

रुपन्देही । माघ २५ गते हुने लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेले रोल्पाका कुमार दशौंदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रोल्पाका दशौंदी एमालेका केन्द्रीय सदस्य हुन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले केन्द्रबाट दशौंदीलाई उम्मेदार बनाउने निर्णय भएको जानकारी दिए । उनले वुधबार दाङ पुगेर दशौंदीले उम्मेदवारी दर्ता गर्ने कंडेलले जानकारी दिए । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा हुने उपनिर्वाचन लागि माघ ११ गते मनोनयपत्र दर्ता गर्ने कार्यतालिका छ । एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ कै निर्वाचनमा उनलाई समानुपातिकमा राख्ने बताएपनि परेका थिएनन् ।

नेपाली काँग्रेसबाट भने उम्मेदवारको टुंगो लगाइसकेको छैन । यसअघि कांग्रेस लुम्बिनी प्रदेश समितिले दाङका वीरकेसरी गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम सिफारिस गरेको छ । उनीहरुमधये गौतम सिनियर भएपनि राठौर संस्थापन पक्षका सहमहामन्त्री किशोरसिंह राठौरका आफन्त भएकाले निर्णय हुन सकेको छैन ।

प्रदेशमा सत्तारुढ दलको स्पष्ट बहुमत भएपनि माओवादीलगायतका केही मत तान्न सकिने योजना कांग्रेसले बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर