सरस्वती पूजाको नाममा अतिरिक्त शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

२०७९ माघ १० गते २१:०३

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सरस्वती पूजाको नाममा कुनै किसिमका अतिरिक्त रकम नलिन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।
महानगरले एक सूचना जारी गर्दै सरस्वती पूजाका नाममा संस्थागत विद्यालयहरुले रकम उठाएको भन्दै कार्यालयमा गुनासो परेकाले शिक्षा ऐन तथा नियमावलीबाहेक कुनै पनि शीर्षक तथा बहानामा चन्दा तथा शुल्क नलिन र त्यस्तो कार्य गरेको भए रोकेर तत्कालै फिर्ता गर्नसमेत नगरका सबै संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।
विद्यालयहरुले आफूखुशी सरस्वती पूजाका नाममा अतिरिक्त शुल्क उठाउन थालेपछि महानगरले यस्तो सूचना जारी गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर