दीपकराज गिरीले समर्थनमा लेख्दा पनि बालेनले फर्काए ‘अहंकारी’ जवाफ – Nepal Press

दीपकराज गिरीले समर्थनमा लेख्दा पनि बालेनले फर्काए ‘अहंकारी’ जवाफ

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा जोसित पनि जुहारी खेल्न थालेका छन् । चलचित्र निर्देशक विशाल भण्डारीसँग भिडेर आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा पोखिए ।

त्यसो त गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए । तर, के बुझेर हो बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन् ।

दीपकराजले लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं । अब रवि, बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’

यो स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’

बालेनको जवाफलाई लिएर धेरैले आलोचना गरेका छन् । उनी पनि सामाजिक सञ्जालमा जथाभावी लेखेर हर्क साम्पाङजस्तै बन्न लागेको धेरैको टिप्पणी छ ।


प्रतिक्रिया

One thought on “दीपकराज गिरीले समर्थनमा लेख्दा पनि बालेनले फर्काए ‘अहंकारी’ जवाफ

  1. चुपचाप जनताकाे काम गर्ने बेला र समय हाे। यक अर्काे कुरा काटेर समय बर्बाद गर्ने त यमाले म्याउबादि काँउरेस छदैछन। नया मान्छेलाई नेपाली राजनितीक ईतिहास ले ऐतिहासिक जिम्मवारि सुम्पेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर