मकवानपुरमा एकै दिन दुईजना पुरुषको शव फेला – Nepal Press

मकवानपुरमा एकै दिन दुईजना पुरुषको शव फेला

हेटौँडा । मकवानपुरमा एकै दिन दुईजना पुरुषको शव फेला परेको छ । मंगलबा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ६ पकने मराङसिङमा धादिङ गजुरी गाउँपालिका–४ भुमिढुङ्गाका २२ वर्षीय शंकर तामाङ को शव फेला परेको प्रहरीको भनाई छ । घटनास्थल नजिकै विषादीको बट्टा समेत फेला परेको कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रहरीले आजै हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ गुम्बाडाँडामा चितवनको राप्ती नगरपालिका वडा नं. २ बस्ने ५५ वर्षका गोपालप्रसाद खतिवडाको शव फेला पारेको हो । गुम्बाडाँडा क्षेत्रको बनमा उनको शव भेटिएको प्रहरीको भनाई रहेको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर