गण्डकी सरकारले पायो पूर्णता, थपिए तीनजना मन्त्री – Nepal Press

गण्डकी सरकारले पायो पूर्णता, थपिए तीनजना मन्त्री

काठमाडौं । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज तीनजना मन्त्री थप गरेसँगै सरकारले पूर्णता पाएकाे हाे । अब ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

आज नेकपा एमालेबाट दुईजना रोशन बहादुर गाहा, बेद बहादुर गुरुङ र माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली मन्त्री बनेका हुन् ।

प्रदेश प्रमुखलाई पत्र लेख्दै मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीहरु थप गरेका हुन् ।

पुस २५ गते मुख्यमन्त्रीको सपथ लिँदै अधिकारीले अन्य तीनजनालाई मन्त्री बनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *