बाजुरा भूकम्प : घाँस काट्न जंगल गएकी महिलाको ढुंगाले किचेर मृत्यु, २५ घर क्षति – Nepal Press

बाजुरा भूकम्प : घाँस काट्न जंगल गएकी महिलाको ढुंगाले किचेर मृत्यु, २५ घर क्षति

कैलाली । बाजुरामा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुङ्गाले लागेर जिल्लाको गौमुल गाउँपालिका-२ जुरेलीमा करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

घरनजिकैको जंगलमा घाँस काट्ने बेला माथिबाट ढुङ्गाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । अहिले सम्म जिल्लामा २५ घरमा क्षति पुगेको विवरण प्राप्त भएको डीएसपी थापाले जानकारी दिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *