जनताको भरोसाले एमाले राजनीतिको केन्द्रमा उभिएको छ : यामलाल कँडेल – Nepal Press

जनताको भरोसाले एमाले राजनीतिको केन्द्रमा उभिएको छ : यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलल कँडेलले जनताको भरोसाले नेपाली राजनीतिको केन्द्रमा नेकपा एमाले रहेको बताएका छन् । एमाले किनारा लाग्यो भन्नेलाई टिप्पणी गर्दै उनले नेकपा एमाले किनार नभई राजनीतिको केन्द्रमा रहेको बताए ।

वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशको प्रथम अधिवेशन तथा मानव अधिकार सम्मेलनमा सम्बोधन गर्दै कर्णाली प्रदेशमा तीनवटा राजनीतिक शक्तिको सन्तुलन हाराहारी रुपमा रहेको र एमालेले छोटो समयमा पार्टीलाई सुसंगठित गर्दै कमिटीलाई व्यवस्थित गरेर अगाडि बढाएको कँडेलको भनाइ छ ।

‘हामीले राज्यका तहबाट सडकमा गुञ्जयमान गर्न सक्यो, महसुस गर्न सक्यो, तर समाजबाट उत्पीडित भएका घटनाहरु केन्द्रीय मुद्दाका रुपमा हेर्यौँ की हेरेनौँ’, कँडेलले भने । उनले सहभागीहरुलाई भने कर्णालीलाई लाभान्वित हुने गरेर छलफल हुँदा पार्टीलाई सहयोग पुग्ने पनि बताए ।

‘सबैका लागि सबै मानव अधिकार’, ‘समाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चिता, सुसंस्कृत समुन्नत र समृद्ध नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशको ऐतिहासिक प्रथम अधिवेशन तथा मानव अधिकार सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यक्रममा एमाले कर्णालीका इन्चार्ज कँडेल, मानव अधिकार एलायन्सका इन्चार्ज पार्वत गुरुङ, एमाले केन्द्रीय कमिटी सदस्य दल रावल, वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकाल, मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष मीन बहादुर शाही लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर