बालाजुको रसुवा गंगाजल गेस्टहाउसमा सैनिक जवान मृत फेला – Nepal Press

बालाजुको रसुवा गंगाजल गेस्टहाउसमा सैनिक जवान मृत फेला

काठमाडौं । काठमाडौंको बालाज्स्थिल रसुवा गंगाजल गेस्टहाउसमा एक सैनिक जवान मृत फेला परेको छ । काठमाडौं प्रहरीका अनुसार गेष्टहाउसको एउटा कोठामा रहेको पंखामा उनी झुण्डिएको अवस्थामा मंगलबार फेला परेको हो ।

काठमाडौं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले ती सैनिक जवान आइतबारदेखि गेस्टहाउसमै बस्दै आएकोमा मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए ।

प्रहरीका अनुसार मृतक सैनिक जवान विनायक कार्की रहेका थिए । ललितपुरकाे लेलेमा सैनिक तालिममा रहेका उनी २ दिन बिदा लिएर निस्किएकाे प्रहरीले बताएकाे छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर