ज्ञानेन्द्र शाहीको प्रश्न- जनताले किन कर तिर्ने, तपाईं हाम्रा तलबभत्ताका लागि ? (भिडिओ) – Nepal Press

ज्ञानेन्द्र शाहीको प्रश्न- जनताले किन कर तिर्ने, तपाईं हाम्रा तलबभत्ताका लागि ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले जनताले सरकारबाट केही सुविधा नपाउँदा पनि जनताले कर तिरिरहनुपरेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताले केही सुविधा नपाउँदा पनि किन कर तिर्नुपर्ने ? तपाईं हाम्रा तलबभत्ताका लागि ? भन्दै प्रश्न गरेका छन् ।

‘सडक खाल्डाखुल्डी छन्, अदालतमा गयो भने पैसा नतिरी न्याय पाइदैन, प्रहरी कार्यालयमा घुस नखुवाई निवेदन दर्ता हुँदैन । अनि जनताले कर तिर्ने ?’, उनले भने, ‘जनताले कर तिरेपछि त्यसको सुविधा पनि पाउनुपर्छ ।’

त्यस्तै, उनले शिक्षा र स्वास्थ्यमा सुधारका लागि हरेक माननीयका सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउनुपर्ने र माननीय र उसका सन्तानलाई सरकारी अस्पतालमा मात्र उपचार गर्नुपर्ने नीति ल्याउनुपर्ने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर