फिक्सिङबारे सीआईबीको निचोडः महबुबद्वारा दुई खेलाडीलाई प्रलोभन, आदिललाई एक नो बल र एक वाइडको प्रस्ताव – Nepal Press

फिक्सिङबारे सीआईबीको निचोडः महबुबद्वारा दुई खेलाडीलाई प्रलोभन, आदिललाई एक नो बल र एक वाइडको प्रस्ताव

महबुब र आदिलको पाँच दिन म्याद थप

काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा फिक्सिङ गरेको आरोपमा पक्राउ परेका दुई क्रिकेटरको पाँच दिन म्याद थप गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार हिजोबाट लागू हुने गरी पाँच दिन म्याद थपिएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा सीआईबीका अधिकारीले विराटनगरबाट महबुब आलम र राजविराजबाट मोहम्मद आदिल आलमलाई पक्राउ गरिएको औपचारिक पुष्टि गरे । पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन दिएको बताए ।

४ जना व्यवस्थापनमा रहेका व्यक्ति नै फिक्सिङमा संलग्न रहेको उनको भनाइ छ । दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिए ।

आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । उनले त्यसै बमोजिम खेलेको थापाले बताए । जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा म्याच फिक्सिङमा संलग्न अन्य व्यक्तिको ना मभने सार्वजनिक गरिएन । साथै लेनदेनको अमाउन्ट पनि खुलाइएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर