भारतमा अपहरणपछि दुई नेपालीको हत्यामा प्रहरीको संलग्नता आशंका गर्दै सांसद महासेठले गरे छानबिनको माग – Nepal Press

भारतमा अपहरणपछि दुई नेपालीको हत्यामा प्रहरीको संलग्नता आशंका गर्दै सांसद महासेठले गरे छानबिनको माग

जनकपुरधाम । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले जनकपुरका दुई युवकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीकै संलग्नता रहेको आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले देशभर हुने अपहरण घटनामा प्रहरीको संलग्नताको चर्चा परिचर्चा भइरहेको र यो घटनामा पनि संलग्नता देखिएकाले छानविन गर्न गृह प्रशासनसँग माग गरे ।

उनले भने, ‘गृह प्रशासनसँग अनुरोध गर्न चाहन्छु कि यो अपहरण तथा हत्या काण्डलाई गम्भीरता पूर्वक लिएर छानविन गरोस् । यदि प्रहरीको पनि संलग्नता छ भने उनीहरुमाथि पनि कडाभन्दा कडा कारबाही गरियोस् ।’

भारतको विहार राज्यमा पर्ने सितामढी जिल्ला आफ्न्तको घर पुगेका जनकपुरधाम १३ का २२ वर्षीय विष्णु साह र वडा नम्वर ८ का २१ वर्षीय रोहित साहको अपहरणपछि हत्या भएको थियाे। उनीहरुको शव सितामढी जिल्लामै शनिबार फेला परेको थियो ।

पुस २९ मा विष्णु र रोहित अपहरणमा परेको भन्दै अपहरणकारीले उनीहरुको परिवारका सदस्यलाई फोन गरेर ५० लाख फिरौती माग गरेको थियो । लगत्तै पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

तर प्रहरीले उद्धार गर्न चासो नदेखाएकै कारण अपहरणकारीले दुवै जनाको हत्या गरेको भन्दै पीडित परिवार जनकपुरमा प्रहरी अधिकारीमाथि कारबाही र गृहमन्त्रीर रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर