फरार सांसद महतोबारे एमालेको प्रष्टीकरण- पक्राउ गर्न हस्तक्षेप गर्दैनौं तर प्रमाणित नभई अपराधी भन्न मिल्दैन (भिडिओ) – Nepal Press

फरार सांसद महतोबारे एमालेको प्रष्टीकरण- पक्राउ गर्न हस्तक्षेप गर्दैनौं तर प्रमाणित नभई अपराधी भन्न मिल्दैन (भिडिओ)

एमाले सचिव महासेठको प्रश्न- अपराधी भए निवर्तमान सरकारले किन सम्मान गरेको ?

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई निवर्तमान शेरबहादुर देउवा सरकारले सम्मान गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले महतो अपराधी भए समाजसेवी पदक किन दिनुभयो भन्दै प्रश्न गरे ।

उनले भने, ‘उहाँलाई पदक सिफारिस गर्ने निवर्तमान सरकारले अपराधी देखेन । उहाँविरुद्धको मुद्दा अहिलेको होइन, सात वर्षभन्दा बढी भइसक्यो सशस्त्र प्रहरीका असईको हत्या भएको । पहिलेको सरकारले उहाँलाई समात्ने काम किन गरेन ? समात्ने त परै जाओस् उहाँलाई सम्मान गर्ने काम भएको थियो । मन्त्रिमण्डलबाट सिफारिस भएर राष्ट्रपतिबाट घोषणा भएको लिष्टमा उहाँको नाम थियो ।’

लक्ष्मी महतो अहिले आफ्नो पार्टीको सम्पर्कमा नभएको महासेठले बताए । प्रहरी प्रशासनले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग गरे ।

उनले भने, ‘अहिले प्रहरी प्रशासनले जुन कारबाही गरिरहेको छ । एमाले र एमाले नेताहरुमाथि आरोप लगाइरहेको छ । त्यसमा कुनै सत्यता छैन । सरकार र गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईंहरु कानूनअनुसार काम गर्नुस् । उहाँलाई समाउनै पर्नेछ भने समाउनुस् । एमाले र एमाले नेताहरुबाट बाधा अवरोध आउनेछैन ।’

उनले लक्ष्मी महतोलाई अपराधी भनेकोप्रति आपत्ति जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर