प्रभु हेलिकप्टरका सबै उडानमा रोक – Nepal Press

प्रभु हेलिकप्टरका सबै उडानमा रोक

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । माघ ५ गते अनुमतिविना स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको बताए । अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको निरौलाले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामीले मौखिक जवाफ सोधेका छौं, जति ढिलो जवाफ आउँछ उतिनै उडान गर्न नपाउँने समय लम्बिन्छ । यसकारण सम्भवत: आजै जवाफ आउने बुझेको छु । जवाफपछि छानबिन गर्छौं ।’

प्राधिकरणले हिजोमात्रै एटीसीको नियम उल्लघंन गर्ने नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर