एलपीएलको खेल तालिका सार्वजनिक, कुन टिम कोसँग भिड्ने ? – Nepal Press

एलपीएलको खेल तालिका सार्वजनिक, कुन टिम कोसँग भिड्ने ?

कैलाली । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । खेल तालिका अनुसार प्रत्येक टिमले ४ वटा लिग चरणका खेल खेल्न पाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा माघ २१ गते लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमनेसामने हुनेछन् । प्रतियोगिताको दोस्रो खेलमा माघ २२ गते गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सोही दिन प्रतियोगिताको तेस्रो खेलमा लिटल फ्लावर र होली फेमली इङ्लिस मिडियम स्कुल भीमदत्तनगर भिड्ने छन् ।

माघ २३ गतेको पहिलो खेलमा शारदा विद्या निकेतन धनगढी र कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर तथा दिनको दोस्रो खेलमा नव बाल वाटिका विद्या मन्दिर बौनिया र वेष्टन क्रिष्टल एकेडमी प्रतिस्पर्धा गर्नेछन् । माघ २४ गते सैनिक आवासीय महाविद्यालय तेघरी र सत्यवती एकेडेमी तथा लिटल फ्लावर र गुराँस एकेडेमीबिच खेल हुने छ । माघ २५ गते लोटस आई र शारदा विद्या निकेतन पहिलो खेलमा तथा नव वाल वाटिका र होली फेमिली दोस्रो खेलमा आमनेसामने हुँदा २६ गते भुवनेश्वरी विद्यामन्दिर र सैनिक आवासीय तथा लिटल फ्लावर र वेष्टन क्रिष्टलबिच खेल हुने छ ।

माघ २७ गते सत्यवती एकेडेमी र शारदा विद्या निकेतन पहिलो खेलमा र दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्ने छन् । २८ गते लोटस आइ र भुवनेश्वरी तथा लिटल फ्लावर र नव वाल वाटिकाबिच खेल हुने छ ।

माघ २९ गते सत्यवती एकेडेमी र भुवनेश्वरी, सैनिक आवासीय र लोटस आइ, फागुन १ गते नव वाल वाटिका र गुराँस एकेडेमी, होमी फेमिली र वेष्टन क्रिष्टल एक अर्को विरुद्ध मैदान उत्रनेछन् ।

लिग चरणको अन्तिम खेलमा फागुन २ गते शारदा विद्या निकेतन र सैनिक आवासीय महा विद्यालय तेघरीबिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते समूह विजेता र उपविजेता बिच सेमिफाइनल र ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगिताले विद्यालयहरू भित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुने अध्यक्ष शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *