कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु, भारतीयविरुद्ध बलात्कारको मुद्दा – Nepal Press

कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु, भारतीयविरुद्ध बलात्कारको मुद्दा

कैलाली । कञ्चनपुरमा १४ वर्षीया बालिका सुत्केरी भएपछि एक भारतीयविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै शिशु (छोरा) जन्माएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ढिलो गरी सूचना आएपछि प्रहरीले घरमै गएर छानबिन थालेको थियो ।

शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार गुप्ता ती बालिकाको भिनाजु नाता पर्ने व्यक्तिसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । वैशाख १८ गते इलाका प्रहरी कार्यालयमै गुप्तासँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो ।

अहिले बलात्कारआरोपी गुप्ताको भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि बालिकाको उमेरका कारण भारतीय नागरिक गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *