मधेस प्रदेश : माओवादीका दुई सांसदको शपथ लिने बाटो खुल्यो – Nepal Press

मधेस प्रदेश : माओवादीका दुई सांसदको शपथ लिने बाटो खुल्यो

जनकपुरधाम । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई समानुपातिक सांसदको पनि शपथ लिने बाटो खुलेको छ ।

क्लस्टर विवादको कारण सर्वोच्च अदालतले माओवादीका समानुपातिक सांसद माला कर्ण र मो. रजि हैदरलाई तत्काल शपथ नगराउन आदेश दिएको थियो । सोही कारण उनी दुवै जना पद तथा गोपनीयताको शपथ लिन पाएको थिएनन् ।

रौतहटकी खजान्ती महतो नुनियाले मधेशी कलस्टरबाट आफू सांसद हुनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । तर सर्वोच्चले मुद्दालाई तामेलीमा पठाएपछि सांसदद्वय कर्ण र हैदरले शपथ लिने बाटो खुलेको हो ।

कर्ण सप्तरी र हैदर महोत्तरीका छन् । सर्वोच्चले सोमवार नै मुद्दालाई तामेलीमा पठाएपछि उनी दुवै जना सोमबार नै निर्वाचन आयोगबाट प्रमाण–पत्र समेत प्राप्त गरेको बुझिएको छ ।

मधेस प्रदेशमा कर्ण र हैदरसहित माओवादीका ९ सांसद छन् । पुस १५ मा प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले १०४ सांसदको शपथ ग्रहण गराएका थिए ।

शपथ नलिएका कारण माओवादीका समानुपातिक सांसद कर्ण र हैदरले मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन प्रक्रियामा सहभागी हुन पाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर