झापामा एउटै रुखमा युवायुवती झुण्डिएको अवस्थामा भेटिए – Nepal Press

झापामा एउटै रुखमा युवायुवती झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । झापामा एक युवक र युवतीले झुडिएर आत्महत्या गरेका छन् । झापाको कचनकवल गाउँपालिका ४ केचनाको चिया बगानको एउटै रुखमा उनीहरु झुडिएर आत्महत्या गरेका हुन् ।

आज बिहान २६ वर्षीय राजेश कुमार गणेश र १८ वर्षीय पवित्रा राजवंशी एउटै रुखमा झुडिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

उनले नेपालप्रेससँग भने,‘ उनीहरु यही गाउँकै हो । आज विहान स्थानीयले उनीहरुलाई झुडिएको अवस्थामा देखेर खबर गरेको थियो ।’ घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको र अनुसन्धान पछि मात्रै केही खुलाउन मिल्ने उनले बताए ।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा उनीहरु प्रेमीप्रेमिका भएको खुल्न आएको छ । प्रेम सम्बन्धकै कारण आत्महत्या गरेकाे हुन सक्ने डीएसपी पाठकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर