हात्ती धपाउन गस्तीमा निस्किए इटहरीका मेयर हेमकर्ण – Nepal Press

हात्ती धपाउन गस्तीमा निस्किए इटहरीका मेयर हेमकर्ण

विराटनगर । सुनसरीको इटहरी क्षेत्रमा जंगली हात्तीले घर र बालीनालीमा क्षति पुर्‍याउन थालेपछि इटहरी उपमहानगरले गस्ती सुरु गरेको छ ।

इटहरीमा हात्ती आतङ्कबाट प्रभावित जनताको सुरक्षाका लागि सुरु भएको गस्तीमा इटहरीका मेयर हेमकर्ण पौडेल आफैं गस्तीमा निस्किएका छन् ।

रातको समयमा आउने हात्तीको समूहले बस्ती छिर्ने डरका कारण त्रसित स्थानीयहरुलाई साथ दिन रातको समयमा जंगल क्षेत्रमा पुगेका मेयर पौडेलले मङलबारबाट थप सुरक्षा ब्यबस्था अपनाइने बताए ।

इटहरी २० र इटहरी २ मा पर्ने वन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरु त्रसित बनेका छन् । रातको समयमा हात्ती बस्ती छिरे धेरै क्षति हुन सक्ने इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले बताए । उनले अहिले सडक क्रस हुन नदिन स्थानियहरु रातभर जाग्रम बस्दै आएको बताए ।

हात्ती आउने नाकाको निगरानी गरेर ठाउँठाउँमा आगो बाल्ने, सिठ्ठी बजाउने कार्य गरिँदै आएको छ । मेयर पौडेलले हात्ती आतंक बढेको भन्दै सर्वसाधरणहरुलाई सचेत रहन आग्रहसमेत गरेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *