कर्णालीमा घटाइयो मन्त्रालय – Nepal Press

कर्णालीमा घटाइयो मन्त्रालय

सुर्खेत । कर्णाली प्रदेशमा एउटा मन्त्रालय घटाइएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएर एउटा मन्त्रालय घटाइएको हो ।

सोमबार बसेको एमाले र माओवादीको बैठकले पहिले विभाजन गरिएका उर्जा तथा सिचाईं मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पुनः समायोजन गरेर एकै मन्त्रालय बनाउने निर्णय भएका मुख्यमन्त्री शर्माले बताए ।

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अब छिट्टै मन्त्रिपरिषद विस्तार हुने पनि दाबी गरे । उनले भने, ‘कर्णालीमा अब छिटै मन्त्रिमण्डल विस्तार हुने बताए । हामी अझै पनि छलफलमा छौं निर्णय अझै हुने सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर