उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेटवार्ता – Nepal Press

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए ।

त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि संधै सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गरे ।

भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे संचालन र भारतीय एक्जिम बैंकको लगानीमा संचालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको थियो ।

हाल निर्माण क्रममा रहेका बालाजु-त्रिशुली सडक र भालुबाङ-बाग्दुला-भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर