पदक जित्ने रणनीतिका लागि एक खेलाडीलाई करोड लगानी गर्न तयार छौं : सदस्य सचिव घिसिङ – Nepal Press

पदक जित्ने रणनीतिका लागि एक खेलाडीलाई करोड लगानी गर्न तयार छौं : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एशियान र दक्षिण एशियाली खेलकुदमा राम्रो प्रदर्शन तथा पदक पाउने गरी रणनीतिक लगानीमा आफू जुटेको बताएका छन् ।

रामेछाप-काठमाडौं पत्रकार समाजले सोमवार आयोजना गरेको दुई दिवसीय खेलकुद पत्रकारिता तालिमको उद्घाटन गर्दै घिसिङले राम्रो खेलाडीलाई पदकका लागि सरकार एक करोडसम्म लगानी गर्न तयार रहेको बताए ।

मार्चको तेस्रो हप्तामा सुरु गर्ने गरी राखेपले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक रूपमा अघि बढेको उल्लेख गर्दै घिसिङले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताएका हुने ।

‘मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यक परे पनि राज्यले लगानी गर्नेछ । तर, खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ’, उनले भने ।

नेपाली समाजमा भनसुनका आधारमा खेलाडी र प्रशिक्षक बन्न सक्ने खराब सोच हट्न नसकेको जिकिर गर्दै सदस्यसचिव घिसिङले यस्तो प्रवृत्तिका कारण राष्ट्रले हार व्यहोर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *