रुवी खानको रिहाइको माग गर्दै आन्दोलनकारी अदालत अगाडि धर्नामा – Nepal Press

रुवी खानको रिहाइको माग गर्दै आन्दोलनकारी अदालत अगाडि धर्नामा

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुवी खानसहित केही अधिकारकमीलाई पक्राउ गरेपछि आन्दोलनकारीहरुले  जिल्ला अदालत काठमाडाैं अगाडि धर्ना दिएका छन् ।

माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै गर्दा आन्दोलनको नेतृत्व गरेकी खानसहित अधिकारकर्मीहरु  बबरमहलबाट पक्राउ परेका थिए । उनीहरुको रिहाइको माग गर्दै आन्दोलनकारीहरु जिल्ला अदालत अगाडि धर्ना बसेका हुन् ।

यसअघि गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत अधिकारकर्मीहरुलाई भेटेर न्याय दिने आश्वासन दिएका थिए । तर गृहमन्त्रीले न्याय दिन कुनै चासो नदेखाएको भन्दै अधिकारकर्मीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वर सम्म विरोध याली निकालेका थिए ।  सोही क्रममा प्रहरीले उनीहरुमाथि धकपकड गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *