केबल व्यवसायीको माग- नियतवश पोलभाडा बढाइयो, समाधान होस् – Nepal Press

केबल व्यवसायीको माग- नियतवश पोलभाडा बढाइयो, समाधान होस्

काठमाडौ । केबल टेलिभिजन व्यवसायीले सरकारको नीतिका कारण केवल टेलिभिजन व्यवसाय नै धरापमा परेको भन्दै व्यवसायीमैत्री नीति लिन सरकारसँग माग गरेका छन् ।

केबल टेलिभिजन व्यवसायीको राष्ट्रिय भेला २०७९ ले सरकारले नियमन गर्न बनाएको कानूनको फितलो कार्यान्वयनले यो क्षेत्रको संरक्षण हुनुको साटो झनै धरासायी बनेको निष्कर्ष निकालेको छ ।

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘केबल टेलिभिजन सेवा प्रदायकले आफ्नो सेवा प्रदान गर्नेक्रममा विभिन्न पूर्वाधारको प्रयोग गर्नुपर्ने हुन्छ । यसको एउटा पूर्वाधार नेपाल विद्युत प्राधिकरण र टेलिकमको विद्युत/टेलिकम पोल प्रमुख हो । केबल व्यवसाय नै बन्द गराउँने नियत राखेर अहिले पोलभाडाको अत्यधिक र आफूखुशी वृद्धि गराएर व्यवसाय नै बन्द गराउन खोजिएको छ । विद्यमान समस्याको समाधान गर्दै गैरकानुनी प्रसारणमा रोक लगाउनु पर्छ ।’

२०७८ असोज २० गते विद्युतीय पोल प्रयोग तथा सोको भाडा भुक्तानी एवम उपयोग सम्बन्धमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न समेत व्यवसायीले माग गरेका छन् ।

विज्ञप्तिः 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर