एनएसजेएफको स्पोर्टस अवार्ड फागुन २३ देखि (भिडिओ) – Nepal Press

एनएसजेएफको स्पोर्टस अवार्ड फागुन २३ देखि (भिडिओ)

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको १९औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ ।

यस वर्षपनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा, पिपुल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरि नौ विधा समावेश छ ।

मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा र पिपुल्स च्वाइस अवार्डको मनोनय केहि दिनमा सार्वजनिक गर्ने जनाएको छ । पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्डको विजेताको घोषणा भने कार्यक्रमका दिन गरिनेछ । पिपुल्स चोइस अवार्डको मनोनयन आगामी हप्ता गरिनेछ ।

यसअघि वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस गरि चार विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्दै आएकोमा यस संस्करणबाट वर्षको युवा खेलाडीले पनि मोटरसाइकल प्राप्त गर्ने जनाइएको छ । अन्य विधाका विजेताल अवार्डसहित जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

अवार्डको सफल आयोजनाका लागि अध्यक्ष दुर्गानाथ सुवेदीको संयजकत्वमा मूल आयोजक समिति र सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ ।

हरेक वर्षझैं यस वर्ष पनि अवार्डलाई हंशराज एण्ड हुलासचन्द् कम्पनीले मुख्य प्रायोजन गरेको छ । हंशराज एण्ड हुलासचन्द्र एण्ड कम्पनीले अवार्डका लागि प्रायोजना गरेको यो १४औं संस्करण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *