प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त – Nepal Press

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त गरेका छन्।

सोमबार आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको नेता गजुरेलले नेपाल प्रेसलाई बताए। नेता गजुरेल सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट थिए।

यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्।

अब प्रधानमन्त्रीको कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर