कांग्रेस प्रदेश १ को सचेतकमा भूपेन्द्र राई – Nepal Press

कांग्रेस प्रदेश १ को सचेतकमा भूपेन्द्र राई

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्वब थापाले राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार तपाईँलाई प्रदेश १ को संसदीय दलको प्रमुख सचेतमा नियुक्त गरेको थापाले बताए ।

उनी खोटाङ (२) बाट निर्वाचित भएका थिए । उनी प्रदेश १ समितिका महामन्त्रीसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर