आज विदेशी मुद्राको विनिमय दर यस्तो छ – Nepal Press

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्री दर १३० रुपैयाँ १० पैसामा स्थिर रहेको छ ।

एक युरोको खरिद दर १४० रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४१ रुपैयाँ २५ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी युके एक पाउन्डको खरिद दर १६० रुपैयाँ ५३ पैसा र बिक्री दर १६१ रुपैयाँ २८ पैसा, स्विस फ्रान्सको खरिद दर १४० रुपैयाँ ६७ पैसा र बिक्री १४१ रुपैयाँ ३२ पैसा रहेको छ भने अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ २२ पैसा र बिक्री दर ९० रुपैयाँ ६४ पैसा कायम रहेको छ ।

क्यानडियन डलरको खरिद दर ९६ रुपैयाँ ७८ पैसा र बिक्री दर ९७ रुपैयाँ २३ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रुपैयाँ ४८ पैसा र बिक्री दर ३४ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ २२ पैसा र बिक्री दर ३० रुपैयाँ ३६ पैसामा स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर