नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै – Nepal Press

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक अहिले बिहान साढे ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने छ । कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसमा दुईपक्षबीचको विवाद बढ्दै गएको छ । आइतबार मात्रै शेखर कोइराला समूहले आफ्नो गुटको भेला गर्दै देउवाको सो कदमको आलोचना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर