टीकाटालो र आशीर्वाद थाप्ने होड- त्यसैले जनसंगठन बन्दैछन् मकैका ढोड
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/asmita-thapa-article.jpg)
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुलिखेलमा आयोजित जनसंगठन समन्वय संयन्त्रको प्रशिक्षणमूलक कार्यक्रममा एमालेका जनसंगठनहरु मकैको ढोड जस्ता होइन कटबाँस जस्तो हुनुपर्छ भन्नुभएको कुरा अहिले चर्चामा छ ।
एमालेका २२ वटा परिभाषित जनसंगठनका मुख्य नेता र पदाधिकारीहरुसहितको त्यो भेला आफैंमा महत्वपूर्ण थियो । अध्यक्षले सामूहिक रुपमा भन्नुभएको ढोड जस्तो होइन कटबाँस जस्तो हुनुपर्छ भन्ने सन्देशले एमाले पंक्तिलाई मात्र होइन अरु पार्टीका भ्रातृ संगठनका कार्यकर्तालाई पनि छोएको रहेछ ।
सामाजिक सञ्जालहरुमा अहिले हाम्रा मित्र संगठनका नेता-कार्यकर्ताले पनि जनसंगठनहरुलाई पार्टीले ढोड जस्ता बनाए भन्दै कटबाँस जस्तो हुनलाई आन्तरिक लोकतन्त्र फक्रिन दिनुपर्ने कुरा पनि उठाइरहेका छन् । केपी ओलीले बोल्ने हरेक पटकका कुराले देशमा बहस सिर्जना गरेकै हुन्छन्, यो पनि नहुने कुरा भएन ।
संयोग नै भन्नुपर्छ, अध्यक्ष ओलीले जनसंगठनहरुलाई कटबाँस जस्तो बलियो बन्नुपर्छ भनेलगत्तै अनेरास्ववियुले आफ्नो २३औं महाधिवेशनको मिति घोषणा गरेर जागरणको सन्देश प्रवाह गरेको छ । यसबीचमा युवा संघको पनि घोषणा भएको छ, अखिल नेपाल महिला संघ र रिटर्नी फेडरेशनहरुले महाधिवेशनको मिति घोषणा गरिसके ।
अध्यक्ष ओलीले कुन सन्दर्भमा भन्नुभएको हो, तर पछिल्लो समय एमालेका जनसंगठनहरु मकैको ढोड जस्ता भएकै हुन् । ढोड पनि कस्ता भने सुकेको मकैका ढोड जस्तै । अनेरास्ववियु, युवा संघ जस्ता जनसंगठनहरुमा यो तहको शिथिलता र अकर्मण्यता सम्भवतः एमालेको आन्तरिक जीवनमा पहिले थिएन होला ।
अध्यक्ष ओलीले कुन सन्दर्भमा भन्नुभएको हो, तर पछिल्लो समय एमालेका जनसंगठनहरु मकैको ढोड जस्ता भएकै हुन् । ढोड पनि कस्ता भने सुकेको मकैका ढोड जस्तै । अनेरास्ववियु, युवा संघ जस्ता जनसंगठनहरुमा यो तहको शिथिलता र अकर्मण्यता सम्भवतः एमालेको आन्तरिक जीवनमा पहिले थिएन होला ।
युवा संघका संस्थापक अध्यक्ष केपी ओली र अनेरास्ववियुको सफल अध्यक्ष भइसकेका शंकर पोखरेलको नेतृत्वमा आज नेकपा एमाले सञ्चालन भएका बेला ती जनसंगठनहरुको अवस्था देखेरै अध्यक्ष ओलीले धुलिखेलबाट ऊर्जा भर्न खोज्नुभएको मान्न सकिन्छ ।
मुख्य दलका मुख्य नेता जनसंगठनकै उत्पादन
संयोग नै मान्नुपर्छ नेपालका प्रमुख राजनीतिक दलका शीर्ष तहमा आज हिजोका विद्यार्थी र युवा संगठनको नेतृत्व गरेका नेताहरु पुगेका छन् । एमाले अध्यक्ष ओली युवा संघको संस्थापक अध्यक्ष हुनुहुन्छ भने महासचिव शंकर पोखरेल अखिलको अध्यक्ष हुनुहुन्थ्यो ।
उपमहासचिव विष्णु रिमाल ट्रेड युनियन महासंघको अध्यक्ष र सचिवहरु योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष, गोकर्ण विष्ट युवा संघको अध्यक्ष भइसकेका नेता हुनुहुन्छ ।
नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पनि नेविसंघको अध्यक्ष भइसकेका नेता हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि विद्यार्थी संगठनको संस्थापक अध्यक्ष थिए ।
यसरी हेर्दा राजनीतिक पार्टीका भ्रातृ संगठन भविष्यको नेपाल हाँक्ने नेताहरु हुन् । आज हरेक पार्टीको नेतृत्वका विभिन्न तरेलीमा हिजोका युवा र विद्यार्थी संगठनका नेताहरु देखिन्छन् । तर, आन्तरिक लोकतन्त्र र आफ्नै आचरणमा देखिएका कमजोरीका कारण आजका भ्रातृ संगठनहरु ढोड जस्तै बन्दैछन् ।
यहाँ एमालेकै जनसंगठनहरुको बारेमा बढी चर्चा गर्न खोजिएको हो । एमाले अध्यक्षले भने जस्तै जनसंगठनहरु कटबाँस जस्ता स्पातिला बन्न पार्टी नेतृत्वले के गर्नुपर्ने हो र सम्बन्धित संगठनका नेता-कार्यकर्ता कस्ता हुनुपर्ने हो ? यसबारेमा अझै एमालेको स्कूल विभाग र जनसंगठन समन्वय संयन्त्रले केही थप कार्यशाला गर्नुपर्ने देखिन्छ ।
नेतृत्वमा हुने जाम हटाउन विधि र पद्धतिको कडाइका साथ पालना गर्ने र जनसंगठनबाट बाहिरिनेहरुको तत्कालै पार्टीमा सम्मानजनक व्यवस्थापन गर्ने विधि अपनाइयो भने संगठनहरु कटबाँस जस्ता बन्न सक्छन् । किनकि केही गर्नैपर्ने उत्साहका साथ आएको ऊर्जाशील नेतृत्वले नै एमालेको श्रीवृद्धि हुनेगरी जनसंगठनलाई चलायमान बनाउँछन् ।
आन्तरिक लोकतन्त्रको अभ्यास
वर्षौंदेखि महाधिवेशन, अधिवेशन र नियमित सम्मेलनहरुविना टीके प्रथाबाट सञ्चालित कमिटीहरु नै जनसंगठनलाई कटबाँसबाट ढोड बनाउने माध्यम हुन् भन्ने आरोप लाग्ने गरेको छ । यसमा आंशिक सत्य होला । तर, चुनावबाट आएका कमिटीले लथालिंग बनाएको उदाहरण झाँक्रीकालीन अखिल उदाहरण मान्न सकिन्छ ।
आन्तरिक लोकतन्त्रको अभ्यास हुन दिइयो भने जनसंगठनहरु कटबाँस बन्न सक्छन् भन्ने बहस अहिले चलिरहेको छ । यसलाई नेतृत्वले ध्यान दिनुपर्छ । अब पार्टीले नै चैतभित्र महाधिवेशन गरिसक्न भनेकाले सबै जनसंगठनमा वैधानिक ढंगले स्वच्छ र स्वस्थ वातावरणमा नेतृत्वको प्रत्यक्ष निगरानीमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयनको मौका दिनुपर्छ ।
नेतृत्वमा हुने जाम हटाउन विधि र पद्धतिको कडाइका साथ पालना गर्ने र जनसंगठनबाट बाहिरिनेहरुको तत्कालै पार्टीमा सम्मानजनक व्यवस्थापन गर्ने विधि अपनाइयो भने संगठनहरु कटबाँस जस्ता बन्न सक्छन् । किनकि केही गर्नैपर्ने उत्साहका साथ आएको ऊर्जाशील नेतृत्वले नै एमालेको श्रीवृद्धि हुनेगरी जनसंगठनलाई चलायमान बनाउँछन् ।
आज त जनसंगठनमा बस्ने भनेको नेता बन्ने, व्यक्तिगत फाइदा उठाउने र पदको लुर्को झुण्डाएर हिँड्ने अवस्था छ । नेता बन्न कार्यकर्ता र जनताको प्रिय बन्नु नपर्ने मानक स्थापित भएको छ । पार्टीका ओहोदाअनुसारका नेताको आशीर्वाद र टीका थापेपछि ठाउँअनुसारको दर्जा प्राप्त हुने पद्धतिले जनसंगठन ढोड नै बन्ने हुन् ।
फर्जी नेता, अनिर्वाचित नेतृत्व
करिब एक दशक अनेरास्ववियुको कार्यकर्ता बनेर नजिकबाट देखेको र भोगेको आधारमा यति भन्न बाध्य भएको छु कि आजको विद्यार्थी आन्दोलनको आवश्यकता र गरिमा जोगाउने हो भने आमूल सुधार जरुरी छ । फर्जी नेताबाट संगठन र फर्जी विद्यार्थीबाट शैक्षिक क्षेत्रलाई जोगाउन अध्यक्ष ओलीले भने जस्तै कटबाँस जस्तो अखिल चाहिएको छ ।
भर्खरै स्थापित भएका पार्टीबाट ३० वर्षभन्दा मुनिका २५ वर्ष उमेर समूहका युवाहरु सांसद बनिरहँदा हामी जुन टिप्पणी गर्दैछौं, त्यो हाम्रै जनसंगठनहरुबाट पनि सम्भव छ । जनतासँग जोडिएका युवा-विद्यार्थी नेताहरु आज एमालेकै सन्दर्भमा पनि वडाध्यक्षदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख र सांसद निर्वाचित भएर आएका छन् ।
जनसंगठनमा आबद्ध हुनु भनेको आशीर्वादबाट प्राप्त पदको दज्र्यानी चिन्ह प्रदर्शन गर्नुमात्र होइन । विद्यार्थीसँग हुनुपर्ने नेता तस्कर र शैक्षिक माफियासँग भेटिन्छन् भन्ने आरोपलाई खारेज गर्ने आँट चाहिन्छ । एउटा नेतालाई धुरी बनाएर अरुको बदख्वाइँ गर्ने प्रवृत्तिविरुद्ध निर्मम हुने नेतृत्व चाहिएको छ ।
जनसंगठनलाई ढोड जस्तो बन्न नदिन सबैभन्दा पहिले त्यो संगठनको मूल नेतृत्व सही हुनुपर्छ । नेतृत्वसँग नैतिक मूल्य भयो भने उसले कमिटी र सिंगो पंक्तिलाई कटबाँस बनाउने सामर्थ्य राख्छ । यसका लागि आन्तरिक लोकतन्त्रबाट सबल र स्वच्छ नेतृत्व स्थापित हुन पार्टीले सहयोग गर्नुपर्छ ।
अहिले जस्तो संगठनको जिम्मेवारीमा बस्ने तर जतिवेला संगठनले जे एजेण्डा उठाउनुपर्ने हो, त्योबाहेक अरु काममात्र गर्ने नेतालाई बिदा गरौं । संगठन र आफूले पाएको पद आफ्नो व्यक्तित्व विकासका लागि प्रयोग गर्नुसम्म ठीकै हो । तर, व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने प्रवृत्ति माथिबाटै विकास भएको छ ।
पार्टीको शीर्ष नेतृत्वले मूल्यांकनको पद्धति बसाएन भने ‘लो-प्रोफाइल’मा रहेर ग्राउण्डमा बसेर काम गर्नेहरु विस्तारै किनारा लाग्नेछन् । जनतासँग जोडिएर फिल्डमा काम गर्नेहरुलाई जनसंगठनको जिम्मेवारीमा ल्याउँदा नै पार्टीले त्यसबाट फाइदा लिनेछ ।
एउटा जनसंगठनको नेता पार्टीका नेतासँग भन्दा बढी आफू कार्यरत क्षेत्रका जनतासँग भेटियोस् । जुनसुकै संगठनमा बसेर काम गरे पनि उसले गरेका काम र क्रियाकलापका कारण पार्टीको भोट बढोस् । यस्तो खाले कार्ययोजना र मूल्यांकन पद्धति पार्टीको जनसंगठन समन्वय संयन्त्रले किन नबनाउने ?
भर्खरै स्थापित भएका पार्टीबाट ३० वर्षभन्दा मुनिका २५ वर्ष उमेर समूहका युवाहरु सांसद बनिरहँदा हामी जुन टिप्पणी गर्दैछौं, त्यो हाम्रै जनसंगठनहरुबाट पनि सम्भव छ । जनतासँग जोडिएका युवा-विद्यार्थी नेताहरु आज एमालेकै सन्दर्भमा पनि वडाध्यक्षदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख र सांसद निर्वाचित भएर आएका छन् ।
जनता र कार्यकर्ताबाट अनुमोदित बनौं
जनताको प्रत्यक्ष मतबाट चुनाव जितेर आउन सक्ने ल्याकत जनसंगठनका युवा नेता–कार्यकर्ताले राख्ने हो भने नेतृत्वको वरिपरि सुमेरु चक्कर लगाउन पर्दैन । मुख्य कुरा जनसंगठनहरुमा फर्जी नेता बन्ने प्रवृत्तिको अन्त्य गरेर विभिन्न तहका तरेली नेतृत्व स्थापित गर्न आ–आफ्नो ठाउँबाट जुटौं ।
जनवर्गीय संगठनहरु पार्टीका नर्सरी हुन् । नर्सरीमा जस्तो विरुवा उत्पादन भयो, भोलि बगैंचामा त्यही फुल्ने र फल्ने हो । त्यसैले पार्टी नेतृत्वले असल विरुवालाई जनसंगठनको नर्सरीमा हुर्किने मौका दिनुपर्छ । त्यसपछि मात्र बगैंचामा ढोड होइन कटबाँस ठडिनेछन् ।
हाम्रा अग्रजहरुले अनेरास्ववियुको मोर्चाबाट ठूल्ठूला राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तनको नेतृत्व गरे । अब अनेरास्ववियुको मोर्चाको नेतृत्व गर्नेहरुले व्यवस्था परिवर्तनको दुःख गर्नुपर्ने छैन । अहिलेको शैक्षिक अवस्था र समग्र सामाजिक अवस्था परिवर्तनको नेतृत्व गर्ने भिजनसहित विद्यार्थीमाझबाट अनुमोदित हुुनुपर्छ ।
किनकि राजनीतिमार्फत देश र जनताको लागि योगदान दिन्छु भन्ने दृढ इच्छाशक्ति राख्नेहरुका लागि सधैं मैदान खाली छ । जनताको प्रत्यक्ष निगरानीमा उनीहरुको मत लिएर अघि बढ्न युवा पुस्ताले आँट गर्नुपर्छ, पार्टीले मौका दिनुपर्छ । जनसंगठनहरुलाई ढोड बनाउनेहरुलाई फुर्कामात्र होइन जरैबाट उखेलेर फाल्नुपर्छ ।
त्यसका लागि नेतृत्वले टीकाटालो र आशीर्वादमा होइन स्वस्थ र स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धामा प्रेरित गर्नुपर्छ । केही वर्षदेखि बरालिएका संगठनहरु पुनः लयमा फर्काउन सम्भव छ ।
अन्तमा आफ्नै संगठन अनेरास्ववियुको बारेमा
एमालेका महासचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष शंकर पोखरेलको शब्द सापटी लिएर भन्नुपर्दा विद्यार्थीबाट निर्वाचित प्रतिनिधिहरुको संस्था हो अनेरास्ववियु । अर्थात यो क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनदेखि आफ्नै आन्तरिक जीवनमा समेत बहुदलीय जनवादको उच्चतम अभ्यास गरेर आएका संस्था र व्यक्तिहरुको नेता संगठन हुनुपर्छ ।
पछिल्लो समय अनेरास्ववियु वा नेपालको विद्यार्थी आन्दोलनको अवस्थाबारे यहाँ चर्चा गर्न आवश्यक छैन । तर, यति चाहिँ भन्नुपर्छ जो जुन मोर्चामा छ, उसले त्यही मोर्चाको नेता बन्न आफूलाई पनि सोही मोर्चामा नियमित राख्नुपर्छ । अर्थात विद्यार्थी नेता बन्नेहरु विद्यार्थी नै हुनुपर्छ र विद्यार्थीहरुबाट परीक्षण भएको हुनुपर्छ ।
हाम्रा अग्रजहरुले अनेरास्ववियुको मोर्चाबाट ठूल्ठूला राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तनको नेतृत्व गरे । अब अनेरास्ववियुको मोर्चाको नेतृत्व गर्नेहरुले व्यवस्था परिवर्तनको दुःख गर्नुपर्ने छैन । अहिलेको शैक्षिक अवस्था र समग्र सामाजिक अवस्था परिवर्तनको नेतृत्व गर्ने भिजनसहित विद्यार्थीमाझबाट अनुमोदित हुुनुपर्छ ।
कस्तो शैक्षिक क्यालेन्डर बनाउने ? कस्ता शिक्षक र कस्ता विद्यार्थी उत्पादन गर्ने ? तीनै तहका सरकारले शिक्षा र स्वास्थ्यलाई संविधानले भनेबमोजिम मौलिक हकका रुपमा व्यवहारमा कार्यान्वयन गर्न कस्ता नीति बनाउने ? अनेरास्ववियुको नेतृत्व गर्छु भन्नेले प्रस्ट योजना र रचनात्मक तथा दबाबमूलक आन्दोलनको खाका पेश गर्न सक्यो भने हामीले खोजे जस्तै रहरलाग्दो र भरलाग्दो विद्यार्थी आन्दोलनको नेता संगठन बन्नेछ ।
र, यसमा ढुक्कसँग भन्न सकिन्छ त्यस्तो भिजन, मिसन र अनुभवप्राप्त नेतृत्व अनेरास्ववियुले मात्रै जन्माउन सक्छ र आसन्न राष्ट्रिय महाधिवेशनले त्यो नेतृत्वलाई स्थापित गर्नेछ ।
(ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष थापा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुन् ।)