राम्रो संविधान बने पनि जनतालाई विश्वास दिलाउन सकिएको छैन: पूर्वराष्ट्रपति यादव – Nepal Press

राम्रो संविधान बने पनि जनतालाई विश्वास दिलाउन सकिएको छैन: पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका हुन् ।

उनले अझै पनि जनतालाई आडभरोसा र विश्वास दिलाउन नसकिएको धारणा राखे । समाजलाई राम्रो योगदान दिनेहरुलाई सदैव सम्झनुपर्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानद्वारा स्थापित मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ठ साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकुल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर