सुर्खेतमा भएको दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त – Nepal Press

सुर्खेतमा भएको दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

सुर्खेत । सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो ।

प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *