आई लिग खेल्न मुम्बई पुगे नेपाली फुटबलर अञ्जन विष्ट – Nepal Press

आई लिग खेल्न मुम्बई पुगे नेपाली फुटबलर अञ्जन विष्ट

 

हेटौंडा । नेपाली फुटबल स्टार अञ्जन विष्ट भारतीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आई लिग खेल्न मुम्बई पुगेका छन् । नेपाली राष्ट्रिय टीमका नियमित सदस्य विष्टलाई भारतको सफल क्लब मुम्बई केन्क्रे एफसीले यो सिजनको अन्त्यसम्मको लागि सम्झौता गरेको थियो ।

नेपाली फुटबलमा सफल फर्वाड विष्टलाई मुम्बईमा स्वागत गर्दै मुम्बई केन्क्रे एफसीले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ, ‘नेपाल स्टार इन्टरनेशनल खेलाडी हाम्रो परिवारमा सामेल हुनुभयो ।’

केही समयअघि नेपाली ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी छाडेर उनी चर्च ब्वाईमा आवद्ध भएका थिए । यही बीचमा अफर आएपछि विष्ट मुम्बई पुगेका हुन् । मुम्बईमा आवद्ध भएपछि प्रतिक्रिया दिँदै विष्टले आई लिगमा खेल्न पाउनु गौरवको विषय भएको बताए ।

आई लिगमा आफूले प्रमाणित गरेर देखाउने उनको भनाइ छ । अन्तर्राष्ट्रिय फुटबलमा ११ गोल गरिसकेका विष्टले यो पटक आई लिगको कारण नेपाली ए डिभिजन लिगका केही खेल भने गुमाउने भएका छन् । चर्च ब्वाई प्लेयर विष्टले बढीमा सुरुका दुई चरणका खेल गुमाउनपर्ने भएको छ ।

मुम्बईमा आवद्ध भएसँगै विष्ट आई लिग खेल्ने चौथो नेपाली खेलाडी बनेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट खेलिरहेका छन् । विमल घर्तीमगर र अनन्त तामाङले आई लिगमा सहभागिता जनाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर