कांग्रेसबाट राष्ट्रपति आए मात्रै बहुरंगी संसद् जोगाउँछ, नत्र संविधानमाथि खतरा हुन्छ : प्रदीप पौडेल


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुकूलमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधान जोगाउनका निम्ति कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताए।
उनले भने, ‘हिजो ओलीजी अनुकूलको राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गर्नुभयो। यो गठबन्धनले फेरि सम्झौता अनुसार त्यस्तै स्मेल बनाउने गरी अगाडि बढ्यो भने त्यो नेपालको संविधानका लागि खतरा हुन्छ।’
अतिवादमा विश्वास नगर्ने कांग्रेसको समन्वयकारी भूमिकाले हिजो देशका गम्भीर संकटहरु समाधान भएको उल्लेख गरे।
‘आज पनि कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुग्न सक्यो भने बहुरंगी आजको संसद्लाई समन्वय गर्न सक्छ। परिस्थितिवश राष्ट्रपतिको झनै जटिल भूमिका हुने देखिएको वर्तमान स्थितिमा समन्वयकारी क्षमता भएको व्यक्ति कांग्रेसको विचार बोकेको व्यक्ति राष्ट्रपतिमा जान आवश्यक छ’ नेता पौडेलले भने ।
संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन अनुरोध समेत गरे।
लुटेराहरूको कुरा हेर न । देश लुटन नपाएर छटपटी भैराखेको छ यिनलाई ।
कम्युनिस्टले ६० बर्ष पछी मार्छ भन्दै २०५१ साल सम्म टिकायो काङ्रेशले राजनीति :: अब ‘ओली’ आए संबिधान मास्छन, लोकतन्त्र खान्छन’ भन्ने अर्को स्टन्टबाजी !!
काङ्रेश अडिएको आधार नै ‘ स्टन्टबाजी !!