एनआईसी एशिया बैंकले कमायो दोस्रो त्रैमासिकमा ३.२७ अर्ब मुनाफा – Nepal Press

एनआईसी एशिया बैंकले कमायो दोस्रो त्रैमासिकमा ३.२७ अर्ब मुनाफा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकको निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब रुपैयाँ, खुद मुनाफातर्फ ३.२७ अर्ब रुपैयाँ, बैंकको स्व–पुँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै निष्क्रिय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको पनि बैंकले जनाएको छ ।

स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन सफल भएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर