यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर – Nepal Press

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकले अमेरिकी एक डलरको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा कायम भएको जनाएको छ । यस्तै एक युरोको खरिद दर १४० रूपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४० रूपैयाँ ९१ पैसा छ ।

युके एक पाउन्डको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ ५६ पैसा, स्वीस फ्रान्सको खरिद दर १४० रूपैयाँ ६८ पैसा र बिक्री १४१ रूपैयाँ ३४ पैसा रहेको छ भने अष्ट्रेलियन डलरको खरिद दर ८९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९० रूपैयाँ १८ पैसा कायम भएको छ । क्यानडियन डलरको खरिद दर ९६ रूपैयाँ १३ पैसा र बिक्री दर ९६ रूपैयाँ ५७ पैसामा स्थिर रहेको छ ।

साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ४७ पैसा र बिक्री दर ३४ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ २२ पैसा र बिक्री दर ३० रूपैयाँ ३६ पैसा कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर