शेखर-गगन भेलामा मन्थन: फिनी हराएको थाहा छैन, गहुँको गेडा गन्ने ? (भिडिओ) – Nepal Press

शेखर-गगन भेलामा मन्थन: फिनी हराएको थाहा छैन, गहुँको गेडा गन्ने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा पार्टीको भूमिकाबारे प्रश्न उठेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुलतीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा संसदमा पहिलो पार्टी बनेपनि गठबन्धन टुट्नुको कारणबारे छलफल भएको कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीले बताए ।

बैठकपछि उनले भने, ‘स्थानीय र संघको निर्वाचनसम्म गएर कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेपनि त्यसलाई जोगाउन सकिएन । जनताले भरोसा गरेर नै गठबन्धनलाई मत दिए । तर, सरकार बन्ने बेलामा कि गठबन्धन टुट्यो । यो प्रश्न चारैतिर आएको छ । कमजोरी कहाँनिर भयो भन्ने ?’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई किन विश्वासको मत दिएको भन्नेबारेमा पनि व्यापक छलफल भएको बताए । नेता डा. शेखर कोइरालाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको समेत स्वीकार गरे ।

उनले भने, ‘कांग्रेस किन कन्फ्युजनमा छ ? स्पष्ट दृष्टिकोण किन राख्न सकेको छैन भन्ने प्रश्न उठेको छ ? कांग्रेस अझै प्रतिपक्षमा बस्ने कि फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? राष्ट्रपति पाउँछु कि के पाउँछु कि भनेर हिँड्ने ? त्यही हो कांग्रेसको इतिहास । त्यही विषयमा छलफल गरेका हौं ।’

बैठकमा अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कुरा उठेको पनि भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर