गुटको बैठकमा शेखरले भने- प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं – Nepal Press

गुटको बैठकमा शेखरले भने- प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् । अनुपम फुडल्याण्डमा जारी संस्थापनइतर समूहको बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको बताए ।

‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुन्थेन’, कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति-उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको पुस २६ को बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए ।

सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र नैतिक धरातल पनि नरहने उनीहरूको धारणा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर