तनहुँमा भिरबाट खसेर दुई जनाको मृत्यु – Nepal Press

तनहुँमा भिरबाट खसेर दुई जनाको मृत्यु

दमौली । तनहुँमा शनिवार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।

शनिवार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ ।

उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेकामा उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर