‘केपी ओली समर्थितहरूको विजयबाट संविधानमाथि खतरा बढ्यो, प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा’ (भिडिओ) – Nepal Press

‘केपी ओली समर्थितहरूको विजयबाट संविधानमाथि खतरा बढ्यो, प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा’ (भिडिओ)

काठमाडौं । सभामुख र उपसभामुख निर्वाचनमा पराजित भएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केपी ओलीबाट संविधानमाथि खतरा रहेकाले प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी गरेको छ ।

उपसभामुख निर्वाचनपछि संसदबाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले केपी ओलीको समर्थन भइरहेका उम्मेदवारको विजयले संविधानमाथि खतरा बढेको बताए ।

महतले भने- संविधान रक्षाको कुरा गरेकाले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ । हिजो उहाँले संविधान रक्षाका लागि भनेर गठबन्धन गर्नुभएको थियो,उहाँ पुरानो गठबन्धन छाडेर जानुभयो । अहिलेको परिवेशमा संविधानमाथि केपी ओलीजीबाट झन् खतरा बढेको छ । संसद् विघटनको कुरा उहाँले प्रमुख विषय बनाउनुभएको छ । संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनुभएन । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्त्वपूर्ण घडी छ ।

उनले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु मुण्टो लुकाएर बसेको आरोप लगाए ।


प्रतिक्रिया

2 thoughts on “‘केपी ओली समर्थितहरूको विजयबाट संविधानमाथि खतरा बढ्यो, प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा’ (भिडिओ)

  1. यी लुटेराहरूलाई राजनीतिबाटै गलहत्याउनु पर्छ । अनि मात्र देशले शान्ति पाउछ । काँग्रेस निमिट्यान्न पारौ र देशलाई लुटेरा मुक्त पारौं । एस , जनमोर्चा अझै पनि लुटेरा कै पक्षमा छन् त ।

  2. लाछी काँग्रेसले अब भन्न बाँकी यति नै त हो । उनीहरूले प्रधानमन्त्री र राष्ट्रपति दुबै दावी गर्दा प्रचण्डको कुनै महत्व थियो ? देशमा जति पनि राजनीतिक बिकृति छन् काँग्रेसको कारण भएकाछन् । यसको जिम्मा लिने हिम्मत छ काँग्रेसीहरू ? संविधान र कानूनको उपेक्षा मात्र होइन सिधै दोहन गर्नेहरू केपीको कारण संकट देख्दा लाज लाग्नु पर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर