प्रचण्डप्रति राजकिशोरको टिप्पणी- लभ मधेससँग गर्नुभयो, कांग्रेससँग लिभिङ टुगेदर गरेर लगनगाँठो अर्कैसँग (भिडिओ) – Nepal Press

प्रचण्डप्रति राजकिशोरको टिप्पणी- लभ मधेससँग गर्नुभयो, कांग्रेससँग लिभिङ टुगेदर गरेर लगनगाँठो अर्कैसँग (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति चित्त दुखाएका छन् ।

आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको बताएका हुन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै जसपा सांसद यादवले प्रचण्डले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेका बताए ।

यादवले भने– प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो ।

उनले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताए । उनले संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर