माओवादी र समाजवादीबीच एकताका लागि भयो यस्तो सहमति – Nepal Press

माओवादी र समाजवादीबीच एकताका लागि भयो यस्तो सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)  र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले बताए ।

नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर