कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु – Nepal Press

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रूपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

लु १ ख ४२२६ नम्बरको बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीको वर्ष ३० को विन्दकुमार कहार रहेका छन् ।

बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर