सभामुखले बाेलाएकाे सर्वदलीय बैठक सुरु – Nepal Press

सभामुखले बाेलाएकाे सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा साढे ११ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही  सहभागी भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक,अजय चौरासीया र जीवन परियार, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, जनता समाजवादी (जसपा)का प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्छ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। आजै उपसभामुखका लागि निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर