वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमालेका राजेन्द्र भण्डारी विजयी, अरु को को ? (सूचीसहित) – Nepal Press

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमालेका राजेन्द्र भण्डारी विजयी, अरु को को ? (सूचीसहित)

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा एमालेनिटक प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचबाट अध्यक्षमा राजेन्द्र भण्डारी  विजयी भएका  छन् ।  प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका तर्फबाट अध्यक्ष लगायत अन्य पदमा विजय भएका छन् ।

हिजो भएको संघको २९औं साधारणसभाको निर्वाचनमा मञ्चका उम्मेदवार रहेका राजेन्द्र भण्डारीको प्यानलले  ९ पदमध्ये ५ पदमा  जित निकालेकाे हो ।

भण्डारीले १९९ मत प्राप्त गरी बिजयी भएका हुन् । भुवनसिं गुरुङ १५७ मत पाए थिए भने, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरेका थिए ।

भण्डारी प्यानलबाट अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री, दितिय उपाध्यक्षमा सन्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घलेले विजय भएका छन् ।

सो प्यानलबाट सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल, देउमान नेम्वाङ, आनन्दप्रसाद कोइरालाले विजय प्राप्त गरेका हुन् ।
यसैगरी अन्य सदस्यामा बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।

भन्डारी प्यानलले २२ बुँदे घोषण पत्र बोकेर चुनावमा गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर